विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार १९:३९

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राख्ने अनुमति दिएकाे छ ।विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान गर्नेछ । उनलाई विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ । पूर्वउपप्रधान एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेल साेमबार सुर्खेतबाट पक्राउ परेका थिए ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.