रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार १७:२३
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ का ४८ वर्षीय एक पुरुषको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा शनिबार उनको मृत्यु भएको हो ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार ती व्यक्तिलाई करिब तीन महिनाअघि भारत भ्रमणमा रहेका बेला सामुदायिक कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि उनले रेबिजविरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन) नलगाएका कारण शरीरमा संक्रमण फैलिएर मृत्यु भएको अस्पतालको मेडिकल रेकर्ड शाखाले जनाएको छ ।

Advertisement

गत शुक्रबार मात्र अस्पताल भर्ना भएका उनमा रेबिज पुष्टि भएपछि उनको हेरचाहमा संलग्न परिवारका सदस्यहरूलाई समेत संक्रमणको जोखिमलाई ध्यानमा राख्दै रेबिजविरुद्धको खोप दिइएको छ।

अस्पतालको तथ्यांक अनुसार सन् २०२६ सुरु भए यताको ६ महिनामा मात्रै रेबिज सङ्क्रमित भएर अस्पताल आएका ५ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरूमा पर्साका दुई जना, खोटाङका एक जना र नुवाकोटका एक जना रहेका छन् ।

डा. पुनका अनुसार नेपालमा बर्सेनि रेबिजका कारण धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । रेबिज लागेपछि मृत्युदर शतप्रतिशत हुन्छ, तर समयमै खोप लगाएमा यसबाट बच्न सकिन्छ, उनले भने । कुकुरले टोक्दा बेवास्ता गर्नु चिन्ताजनक रहेको भन्दै उनले थप जनचेतनाको आवश्यकता औँल्याए ।

इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार नेपालमा वार्षिक औसत १ सय जनाको रेबिजका कारण मृत्यु हुने अनुमान गरिएको छ । यद्यपि, धेरैजसो बिरामीको अस्पताल पुग्नुअघि नै बाटोमै मृत्यु हुने भएकाले यकिन तथ्यांक संकलन हुन कठिन छ।

महाशाखाको जुनोटिक शाखाका अनुसार गत आर्थिक वर्षमा देशभर २ लाख २१ हजार जनालाई कुकुर तथा अन्य जंगली जनावरले टोकेको थियो । टेकु अस्पताल वरपरको क्षेत्रबाट मात्रै गत वर्ष १३ जनाको रेबिजका कारण मृत्यु भएको विवरण छ।

समुदायका कुकुरहरूको व्यवस्थापन गर्ने, उनीहरूलाई अनिवार्य खोप लगाउने र सर्वसाधारणमा जनचेतना फैलाउन सके मात्र नेपालबाट रेबिज उन्मूलन गर्न सकिने विज्ञले सुझाव दिएका छन् । चिकित्सकहरूले जुनसुकै कुकुर वा जनावरले टोके पनि हेलचेक्र्याइँ नगरी तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउन आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
ग्यास अभाव : तोकिएभन्दा बढी मूल्य तिर्न उपभोक्ता बाध्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.