जेनजी आन्दोलनमा भागेका कैदी लागुऔषधसहित पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार २०:३०

विराटनगर । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका एक युवक लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । गत भदौ २४ गते झुम्का कारागारबाट फरार रहेका इटहरी उपमहानगरपालिका–८ का २३ वर्षीय भीम बिश्वास चौधरी पक्राउ परेका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो १ बजे इटहरी–४ स्थित इटहरी मेडिकल नजिकैबाट चौधरीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार चेकजाँचका क्रममा उनको साथबाट १८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएकाे छ ।

Advertisement

प्रहरीका अनुसार पक्राउ परेका चौधरीले प्रयोग गरेको प्रदेश १–०२–०४४ प ८१५२ नम्बरको मोटरसाइकलसमेत बरामद भएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.