हाेल्डिङ सेन्टरका सुकुम्बासीलाई बस्ती छाड्न अल्टिमेटम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार १७:१०

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्वासीलाई पाँच दिनभित्र ठाउँ छाड्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अल्टिमेटम दिएको छ ।

भवन खाली गर्न पाँच दिनको अल्टिमेटमसहितको सूचना होल्डिङ सेन्टरमा टाँसिएपछि सुकुम्वासीमा त्रास फैलिएको छ ।

Advertisement

सूचना टाँसेसँगै अब कहाँ जाने भन्ने चिन्ता लागेको सुकुम्वासी डम्मबर तामाङले बताए ।

समितिले भने स्व: व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भनेको छ । सूचना प्रकाशित भएको पाँच दिनभित्र (असार १२) स्व:व्यवस्थापन गर्न भनिएको हाे ।

समितिका सूचना अधिकारी टोपबहादुर बानियाँले सूचनामा भनेको जस्तो जेठ १२ गतेभित्र खाली गर्न नभनिएको भन्दै बचाउँ गरे । उनले १२ गतेसम्म सकारले दिने भनेको २५ हजार रूपैयाँ दिनका लागि निवेदन संकलन कार्य गरिने र काेठा खोजेपछि उक्त रकम दिनका लागि सूचना टाँस गरिएको बताए।

तपाइको प्रतिक्रिया
दमकमा दुर्घटना, भुटानी शरणार्थी वृद्धको मृत्यु
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
हाेल्डिङ सेन्टरका सुकुम्बासीलाई बस्ती छाड्न अल्टिमेटम
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
‘मतभेद सडकमा होइन, छलफलमै टुंग्याउनुपर्छ’
महाधिवेशन लम्बिँदा रास्वपाको नयाँ निर्णय : प्रतिनिधिबाट शुल्क नलिइने, बुझाएकाले फिर्ता पाउने
रास्वपा महाधिवेशनको बन्दसत्र : बालेन नआउँदा चासो, रविले गराए प्रतिनिधिलाई सचेत
झापा पुगेर थापाले भने : सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन
सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका प्रतिनिधिकाे नाम काटियाे
विष्णु पाैडेललाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.