विश्वकपमा इंग्ल्यान्ड र घानाकाे बराबरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १०, बुधबार ०६:२८

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा घानासँग इंग्ल्यान्ड गोलरहित बराबरीमा राेकिएकाे छ अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान भएको खेलमा इंग्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा राेकिएकाे हाे ।

पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो । जारी विश्वकपमा यसअघि स्पेन र केप भर्डे तथा बेल्जियम र इरानबीचको खेलपनि गोलरहित बराबरीमा सकिएको थियो ।

Advertisement

कप्तान ह्यारी केनसहित बुकायोसाका, एबेरेची एजे, मार्कुस साशफोर्ड जस्ता फरवार्ड रेको इंग्लिस टोलीको फिनिसिङ भने चुस्त हुन सकेन । केनले पहिलो खेलमा क्रोएसिया विरुद्ध दुई गोल गरेका थिए ।

बराबरीपछि इंग्ल्यान्ड र घाना दुवैले ४-४ अंक जोडेको छ । गोल अन्तरका आधारमा इंग्ल्यान्ड अघि छ । दुवैको नकआउट चरणमा पुग्ने सम्भावना बलियो छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.