
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा तथा युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा एवं स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६७ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८५ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा एवं थाइ भाट एकको खरिददर चार रुपैयाँ ५२ पैसा र बिक्रीदर चार रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।
निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।
यस्तो छ अन्य देशको विनिमयदर


























