सुनसरीको बराहक्षेत्रबाट गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार ०७:२५

सुनसरी । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा गाँजा बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका–११ मधुवन मजेर टोलबाट बुधबार साँझ ६२ किलो गाँजा बरामद भएको हो ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार साँझ ६ः३० बजेतिर प्रहरी चौकी मधुवनबाट गस्तीमा निस्किएको टोलीले बाटो छेउमा दुईवटा हरियो प्लाष्टिकले बेरेर पोको पारी बेवारिसे छाडिएको अवस्थामा गाँजा फेला पारेको थियो । प्लाष्टिक खोलेर हेर्दा गाँजा रहेको पत्ता लागेको हो ।

Advertisement

तौल गर्दा ६२ किलो भएको खड्काले बताए । बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । गाँजा कसले र कहाँ लैजान खोजेको हो भन्ने यकिन भइसकेको छैन । गाँजाको ओसारपसार एवं कारोबारमा संलग्नको खोजी तीव्र पारेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.