भेनेजुएलामा शक्तिशाली भूकम्पको दोहोरो धक्का, काराकासका भवनमा क्षति

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार ०७:०५

एजेन्सी । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा त्रास फैलिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बुधबार राति क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका भूकम्प मापन गरिएको हो ।

पहिलो भूकम्प सान फेलिपे नजिक र त्यसको केही समयपछि दोस्रो भूकम्प युमारे क्षेत्र आसपास केन्द्रित भएको यूएसजीएसले जनाएको छ । प्रारम्भिक मूल्यांकनअनुसार भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको हुन सक्छ ।

शक्तिशाली कम्पनपछि काराकासका केही भवनमा क्षति पुगेको छ । सर्वसाधारण घरबाहिर निस्किएर खुला स्थानमा आश्रय लिन बाध्य भएका छन् । उद्धारकर्मी तथा सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन् । क्षतिको यथार्थ विवरण संकलन भइरहेको छ ।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोले राजधानीको अल्टामिरा क्षेत्रमा विशेष क्षति पुगेको जानकारी दिएका छन् । केही व्यक्ति घाइते भएको हुन सक्ने बताउँदै उनले आपतकालीन सवारीसाधनलाई सहज आवागमनमा सहयोग पुर्याउन सर्वसाधारणसामु आग्रह गरेका छन् ।

यसैबीच, भूकम्पपछि पोर्टो रिको र भर्जिन आइल्यान्डका लागि जारी गरिएको सुनामी चेतावनी पछि रद्द गरिएको छ । क्षतिको पूर्ण विवरण आउन भने अझै केही समय लाग्ने अधिकारीहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×