धरानका पुरुषको शव सप्तकोशीको सिसौलीघाटमा फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १०:५१

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित उदयपुर–सुनसरी जोड्ने सप्तकोशी लबाट नदीमा हाम फालेका एक पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–५ झरना चोकका ४२ वर्षीय सरोज श्रेष्ठले बुधबार बिहान करिब ८ बजे पुलमाथि साइकल, चप्पल र मोबाइल फोन छाडेर सप्तकोशी नदीमा हाम फालेको सूचना प्राप्त भएको थियो । सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन बेस चतरा, सुरक्षा बेस रामपुर तथा नेपाल प्रहरीका विभिन्न इकाइबाट संयुक्त टोली परिचालन गरिएको थियो ।

Advertisement

रबर डुंगासहित खटिएको २४ सदस्यीय संयुक्त टोलीले बिहानदेखि कोशी पुल, कोशी कटान, बोराबाँध र सिसौलीघाट आसपासका क्षेत्रमा व्यापक खोजतलास गरेको थियो । खोजीका क्रममा साँझ करिब ६ बजे घटनास्थलदेखि करिब १० किलोमिटर दक्षिण बेलका–८ सिसौलीघाट पारिको कोशी नदीको बीच भागमा शव तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.