ग्रिनेड विस्फोटमा नेपाली सेनाका हुद्दाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १२:५९

धनगढी । ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ , घटनामा सहसेनानी घाइते भएका छन् ।

कैलालीको मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको हो । कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घटनामा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको हो ।

Advertisement

विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो १२ बजेतिर हुद्दा बिष्टको मृत्यु भएको हो । घटनामा सहसेनानी हिमराज जोशी घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । बिहान ९ः१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका बिष्ट ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.