धेरै ठाउँमा पानी पर्ने सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार ०६:३०

काठमाडौं । देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आज (शुक्रबार) पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको हो ।

कोशी, मधेश र बागमती प्रदेशमा मनसुनी वायु सक्रिय रहेकाले ती क्षेत्रमा मौसमको प्रभाव बढी देखिनेछ । अन्य प्रदेशमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम छ ।

Advertisement

हाल पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश स्थानमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशको तराई तथा मधेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा चल्न सक्ने र बागमती तथा गण्डकीका तराईमा तापक्रम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

रातको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहनेछ । महाशाखाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.