पाँचथरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार ०७:३५

विराटनगर । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । फालेलुङ गाउँपलिका–२ जिमाहास्थित भित्री सडक खण्डमा बिहीबार राति ८ः३० बजेतिर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार पार्किङ गरेर राखेको मे १ त ३५५६ नम्बरको खाली ट्याक्टर चलाउने क्रममा आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा फिदिम नगरपालिका–३ का २४ वर्षीय राजेश मुखियाको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका राजेशलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम पुर्याउनसाथ राति ११ः४० बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Advertisement

उक्त ट्याक्टर राजेशका बुवा होमबहादुर मुखियाको रहेको पाइएको छ । ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा परेर ट्याक्टरमा सवार फालेलुङ–१ ठाडे लसुनेका अन्दाजी ४० वर्षीय योगे भनिने योगबहादुर जबेगू सामान्य घाइते भएका छन् । उनको जिल्ला अस्पताल फिदिममै उपचार भइरहेको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट ट्याक्टर चालक राजेश मुखियाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त नगरेको खुलेको छ । घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरबाट करिब ६८ किलोमिटर उत्तर–पश्चिममा पर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.