
काठमाडाैं । स्वर्गद्धारी नगरपालिका प्युठानको उपप्रमुख मिनराज रानामगर सवार गाडी दुर्घटनामा परेको छ ।
स्वर्गद्धारी– २ मा रानामगर आफैँले चलाएको लुम्बिनी प्रदेश ०१–००१ झ ००८ नम्बर गाडी दुर्घटना भएकाे हाे । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार गाडी भिरमा अड्किएको छ ।
प्रहरी निरीक्षक ज्ञवालीका अनुसार उपप्रमुख रानाको अवस्था गम्भीर रहेको छ । ‘दुर्घटनाको कारण खुलेको छैन’, उनले भने, ‘उहाँको अवस्था गम्भीर छ ।’

























