सवारी दुर्घटनामा स्वर्गद्वारी नगरपालिका उपप्रमुखकाे मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १३, शनिबार २०:०१

काठमाडाैं । सवारी दुर्घटनामा परी प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको मृत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार उपप्रमुख राना आफैंले जिप चलाइरहेका बेला सवारी साधन सडकबाट तल खसेर दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरहरि अधिकारीले उपप्रमुख राना नगरपालिकाको सवारी साधन लिएर अनुगमनका लागि निस्किएका बेला दुर्घटनामा परेको थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.