सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १४, आइतबार ११:१३

विराटनगर । नेपाली बजारमा आज आइतबार  सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७ सय र चाँदी १४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुन दुई लाख ८३ हजार ८०० ताेकिएकाे छ । चाँदीकाे मूल्य चार हजार ३२५ कायम भएको छ ।

Advertisement

गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १ सय रुपैयाँ र चाँदी चार हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.