
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ का खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी गरेका छन् । आइतबार बिहान मियामी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् ।
इन्जुरी समयमा कोलम्बियाका डाभिन्सन सान्जेजले जुआन फर्नान्डो क्विन्टेरोको क्रसलाई हेडमार्फत जाली चुमाए पनि भीएआर जाँचपछि गोल अफसाइडका कारण रद्द गरिएको थियो । त्यसपछि दुवै तर्फबाट गाेल हुन सकेन् र खेल बराबरीमै समाप्त भयो । बराबरीका बाबजुद दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन् ।



















