याे साताबाट देशभर मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाकाे सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १४, आइतबार ०७:३४
६ प्रदेशमा वर्षाको सम्भावना 

काठमाडौं । कमजोर अवस्थामा रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने अनुमान गरिएकाे छ । मनसुन सक्रिय हुँदा ठाउँठाउँमा वर्षा गराउने जल तथा मौसम विभागले जानकारी गराएको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार मङ्गलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ ।

Advertisement

आइतबार राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा तगा कोशी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ । आइतबार नै सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ ।

सोमबारदेखि भने वर्षा थप बढ्नेछ । सोमबार देशभर साधारणतया बादल लाग्ने तथा देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाइएको छ ।

कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि आउने विभागले जनाएको छ । सोमबार रातिदेखि भने थप सक्रिय भई कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.