अपराजित रहदै अर्जेन्टिना नकआउट चरणमा

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १४, आइतबार १०:१०

काठमाडौं । अपराजित रहदै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ काे नकआउट चरणमा प्रवेश गरेको छ । डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो ।

जोर्डनविरुद्ध कप्तान लियोनल मेसी, जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले एकएक गोल गरे । जोर्डनका मुसा अल–तमारीले सान्त्वना गोल गरे ।

खेलको १९औं मिनेटमा जियोभानीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । ३१औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

खेलको ५५औं मिनेटमा जोर्डनका अल–तमारीले गोल गर्दै खेलमा फर्किने प्रयास गरे । तर, दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले ८०औं मिनेटमा गोल गरे ।

समूह ‘जे’ मा अर्जेन्टिनाले ३ खेलबाट ९ अंक जोडेकाे छ । समान ४ अंक जोडेका अल्जेरिया र अष्ट्रिया दोस्रो र तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरे । जोर्डन भने  अंकविहीन बन्दै बाहिरिएकाे छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×