एमाले अध्यक्ष ओली भन्छन् : ‘धुलो टक्टक्याउँदै फेरि उठेर्छौं’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १४, आइतबार १७:२२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध सक्रिय रहेका प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने बताएका छन् ।

आइतबार जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर नठान्न चेतावनी समेत दिए ।

Advertisement

एमालेविरुद्ध विभिन्न शक्तिहरू एकजुट भइरहेको सन्दर्भ उल्लेख गर्दै ओलीले पार्टी फेरि नयाँ उत्साहका साथ फर्कने विश्वास दिलाए।

‘हामी मरेका छैनौं, केही समयका लागि ओझेल परेको जस्तो मात्र देखिएको हो। हामी फेरि उठ्छौं र सबै खाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्छौं,’ ओलीले भने, ‘हामी शरीरको धुलो टक्टक्याउँदै उठ्छौं र देशलाई अग्रगामी परिवर्तनको दिशामा अघि बढाउँछौं ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.