कम्युनिस्ट आन्दोलन सकिएको छैन, नयाँ पुस्ताको आकांक्षा बुझ्नु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १४, आइतबार १७:२७

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निर्वाचनको परिणामलाई मात्र आधार मानेर नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त भएको निष्कर्ष निकाल्न नहुने बताएकी छन् ।

जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

Advertisement

पूर्वराष्ट्रपति भण्डारीले निर्वाचनमा प्राप्त हुने मत परिणामले दलहरूलाई गम्भीर वैचारिक मन्थनका लागि मार्गप्रशस्त गरेको उल्लेख गरिन् । ‘कुनै एक निर्वाचनको परिणामलाई लिएर कम्युनिस्ट आन्दोलनबारे अन्तिम निष्कर्ष निकाल्नु हतारो हुनेछ,’ उनले भनिन्, ‘तर निर्वाचनमार्फत जनताले दिएको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्नु आजको मुख्य आवश्यकता हो ।’

उनले बदलिँदो समय र नयाँ पुस्ताको आकांक्षाअनुसार कम्युनिस्ट आन्दोलनलाई परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने बताइन् । विगतका उपलब्धिहरूको स्मरण गरेर मात्र अबको यात्रा सफल नहुने भन्दै उनले भनिन्, ‘बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकतालाई नीति तथा नेतृत्वले सम्बोधन गर्नुपर्छ । आत्मसमीक्षा र जनतासँगको जीवन्त सम्बन्धले मात्र भविष्यप्रतिको जिम्मेवारीलाई थप सुदृढ बनाउन सक्छ ।’

तपाइको प्रतिक्रिया
कोशी प्रदेश बजेट विवाद: सत्तारुढ सांसदकै चर्को असन्तुष्टि र हस्ताक्षर अभियान
विराटनगरमा ‘जलवायु सिकाइ’ गोष्ठी सम्पन्न
विराटनगरमा ‘जलवायु सिकाइ’ गोष्ठी सम्पन्न
आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य
आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य
कम्युनिस्ट आन्दोलन सकिएको छैन, नयाँ पुस्ताको आकांक्षा बुझ्नु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
एमाले अध्यक्ष ओली भन्छन् : ‘धुलो टक्टक्याउँदै फेरि उठेर्छौं’
परिस्थिति अनुसार विचार बदल्न नसक्नेहरू कहिँ पुग्दैनन् : प्रचण्ड
लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ 
लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ 
कांग्रेस मिलाउन महानगर सभापतिहरूको ‘मिसन’: डा. कोइरालासँग भेट 
कांग्रेस मिलाउन महानगर सभापतिहरूको ‘मिसन’: डा. कोइरालासँग भेट 
विश्वकप २०२६ः राउन्ड अफ ३२ को समीकरण पूरा, कुन टोलीको भिडन्त कोसँग ?
विश्वकप २०२६ः राउन्ड अफ ३२ को समीकरण पूरा, कुन टोलीको भिडन्त कोसँग ?
थुम्लुङमा पुल निर्माण हुँदै 
थुम्लुङमा पुल निर्माण हुँदै 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.