चिया व्यापार फेरि लयमा, भारततर्फ निर्यात सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १६, मंगलबार १६:४५

काठमाडौं । झन्डै दुई महिनादेखि भारतीय पक्षले गुणस्तर परीक्षणको प्रक्रियामा कडाइ गरेपछि अवरुद्ध भएको नेपाली चियाको निर्यात पुनः सुरु भएको छ ।

भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले परीक्षण प्रणालीलाई खुकुलो बनाउँदै जोखिममा आधारित नमुना परीक्षण लागू गरेपछि काँकडभिट्टा नाकाबाट चिया बोकेका ट्रकहरू भारत प्रवेश गर्न थालेका हुन् । यसअघि भारतले नेपालबाट जाने प्रत्येक चियाको खेपको अनिवार्य नमुना परीक्षण गर्ने व्यवस्था लागू गरेपछि निर्यात पूर्ण रूपमा प्रभावित भएको थियो ।

Advertisement

त्यसका कारण इलामसहित पूर्वी नेपालका चिया उद्योगमा ठूलो परिमाणमा अर्थोडक्स चिया मौज्दात भएको थियो । उद्योग र किसान दुवै आर्थिक दबाबमा परेका थिए । उद्योगले उत्पादन बन्द गरेका थिए ।

सरकारको कूटनीतिक पहलपछि भारतीय पक्षले नयाँ कार्यविधि लागू गर्दै अब पाँचवटा खेपमध्ये एउटाको मात्रै नमुना परीक्षण गर्ने व्यवस्था गरेको छ । यही निर्णयपछि व्यवसायीहरूले फेरि चिया निर्यात सुरु गरेका छन् । नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका ट्रकहरू काँकडभिट्टा हुँदै भारततर्फ गएका छन् ।

व्यवसायीहरूले अब भारतीय बजारबाट नयाँ अर्डर आउन थालेको बताएका छन् । निकासी पुनः खुल्दा लामो समयदेखि रोकिएको चिया बजारमा पठाउने तयारी पनि तीव्र बनेको छ । यद्यपि, पानीट्यांकी नाकामा परीक्षण प्रयोगशाला नहुँदा नमुना परीक्षणका लागि कोलकाता पठाउनुपर्ने अवस्था भने अझै हटेको छैन ।

चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा अन्तरनिकाय समिति गठन गरी दीर्घकालीन समाधान खोज्ने कामसमेत अघि बढाएको छ । व्यवसायीहरूले तत्कालका लागि निर्यात सहज भए पनि भारतीय निकायको आगामी व्यवहारले नै नेपाली चिया व्यापारको स्थायित्व निर्धारण गर्ने बताएका छन् ।

हाल पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियाको निर्यात पुनः सुरु भए पनि तराईमा उत्पादन हुने सीटीसी चियाको व्यापार भने अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन । भारतीय अवरोध हटेपछि चिया बजार पुरानै लयमा फर्किएको छ ।

तपाइको प्रतिक्रिया
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
कोशीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अन्तिम तयारी
९ लाख रूपैयाँ बढीको अवैध सामान भन्सार बुझाइयो, २ लाख ७७ हजार बराबरको नष्ट
महान्यायाधिवक्ता कँडेलको योग्यता विवादमा सर्वोच्चको नयाँ आदेश
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण : भट्ट र अग्रवालको फाइल मगाइयो
चिया व्यापार फेरि लयमा, भारततर्फ निर्यात सुरु
पीआर र डिभी लिने ४ कर्मचारी कारबाहीमा
विराटनगरमा ठूलो परिमाणको हेरोइनसहित भारतीय पक्राउ, खरिद गर्न आएकाबाट ४ लाख ७१ हजार बरामद
बेतना सिमसार: दुर्लभ जीवजन्तुको आश्रयस्थल, अनुसन्धानको प्रयोगशाला र पर्यटनको नयाँ गन्तव्य
बेतना सिमसार : दुर्लभ जीवको सुरक्षित घर, जैविक विविधताको धरोहर
कोशी प्रदेशसभा असार १८ गते बस्ने
कोशी प्रदेशसभाको बैठक पुनः स्थगित, अर्को बैठक असार १८ गते बस्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.