९ लाख रूपैयाँ बढीको अवैध सामान भन्सार बुझाइयो, २ लाख ७७ हजार बराबरको नष्ट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १६, मंगलबार १७:२८

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङ तथा मातहतका गुल्म र बोर्डर आउट पोस्ट (बीओपी)हरूले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारतबाट नेपाल भित्र्याइँदै गरेका विभिन्न प्रकारका सामान बरामद गरेका छन् ।

विभिन्न समयमा बरामद गरिएका इलेक्ट्रिकल सामग्री, औषधि, किराना सामान तथा लत्ताकपडालगायतका वस्तु विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार भन्सार कार्यालयले सामानको मूल्य ९ लाख १ हजार १ सय ४५ रुपैयाँ कायम गरेको छ ।

Advertisement

यसैबीच, बरामदका क्रममा वर्षाका कारण पानीले भिजेर प्रयोगयोग्य नरहेका करिब २ लाख ७७ हजार रुपैयाँ बराबरका ४५० किलोग्राम छोकडा, टोस्ट बिस्कुट तथा हरियो तरकारी नष्ट गरिएको छ । स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको रोहबरमा गण परिसरमा खाल्डो खनेर सामग्री नष्ट गरिएको भण्डारीको भनाइ छ ।

सीमावर्ती क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित रूपमा निगरानी बढाएको उनले बताए । विशेष अभियान सञ्चालन गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जानकारी भण्डारीले दिए ।

तपाइको प्रतिक्रिया
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
कोशीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अन्तिम तयारी
९ लाख रूपैयाँ बढीको अवैध सामान भन्सार बुझाइयो, २ लाख ७७ हजार बराबरको नष्ट
महान्यायाधिवक्ता कँडेलको योग्यता विवादमा सर्वोच्चको नयाँ आदेश
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण : भट्ट र अग्रवालको फाइल मगाइयो
चिया व्यापार फेरि लयमा, भारततर्फ निर्यात सुरु
पीआर र डिभी लिने ४ कर्मचारी कारबाहीमा
विराटनगरमा ठूलो परिमाणको हेरोइनसहित भारतीय पक्राउ, खरिद गर्न आएकाबाट ४ लाख ७१ हजार बरामद
बेतना सिमसार: दुर्लभ जीवजन्तुको आश्रयस्थल, अनुसन्धानको प्रयोगशाला र पर्यटनको नयाँ गन्तव्य
बेतना सिमसार : दुर्लभ जीवको सुरक्षित घर, जैविक विविधताको धरोहर
कोशी प्रदेशसभा असार १८ गते बस्ने
कोशी प्रदेशसभाको बैठक पुनः स्थगित, अर्को बैठक असार १८ गते बस्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.