सुनको मूल्यमा भारी गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १६, मंगलबार ११:००
  सुनको मूल्य घट्यो 

विराटनगर । नेपाली बजारमा आज मंगलबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुन प्रतितोला चार हजार पाँच सय र चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो ।

मंगलबार बजारमा सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै, चाँदी मंगलबार बजारमा प्रतितोला चार हजार दुई सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला चार हजार तीन सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.