एमालेका पूर्वसांसद पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार ०६:२५

जनकपुरधाम । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भई कैद सजाय सुनाइएका नेकपा (एमाले)का नेता तथा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।

महोत्तरी प्रहरीले बिहीबार साँझ करिब ६ बजेतिर गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट कोइरीलाई पक्राउ गरेको हो । महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार उच्च अदालतको फैसलाअनुसार उनलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।

यसअघि महोत्तरी जिल्ला अदालतले कोइरीलाई उक्त मुद्दामा सफाइ दिएको थियो । तर, उच्च अदालत जनकपुरले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेको हो । अदालतले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

सोही मुद्दामा उच्च अदालतले मधेश प्रदेशका निलम्बित प्रदेशसभा सदस्य अभिराम शर्मा, सुरेन्द्र पाण्डे, धर्मेन्द्र राय, पवन कापर र रामशंकर मिश्रलाई पनि पाँच–पाँच वर्ष कैद सजाय सुनाएको छ । त्यसैगरी, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा भने जिल्ला अदालतले यसअघि सुनाएको जन्मकैदको सजायलाई उच्च अदालतले सदर गरेको छ ।

असई थमन विक हत्या प्रकरण लामो समयदेखि चर्चामा रहेको मुद्दा हो । उच्च अदालतको पछिल्लो फैसलापछि जिल्ला अदालतको निर्णय उल्टिएर दोषी ठहर भएका व्यक्तिहरूमाथि कानुनी प्रक्रिया कार्यान्वयनको चरण अघि बढेको छ ।

तपाइको प्रतिक्रिया
सीमावर्ती क्षेत्रमा बढ्दो चुनौतीबीच मोरङमा सशस्त्र र सीमावासीबीच संवाद
इटहरीका व्यवसायीको साझा माग: ‘‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
इटहरीका व्यवसायीको साझा माग: ‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
 राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
दोहोरो नागरिकता र राहदानीमा पक्राउ
धरान घर भएका दिनेश भट्टराई इटहरीबाट पक्राउ
उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना, महिलाको मृत्यु
भूकम्पको भग्नावशेषबाट ८ दिनपछि जीवितै उद्धार
इन्जुरी समयमा रामोस चम्किँदा क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित
अत्यधिक सुरक्षा जोखिम, बाबुको अन्त्येष्टिमा नजान सुझाव
यस्तो छ विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.