मोरङ र सुनसरीबाट चार जना पक्राउ

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १२:०९
 

विराटनगर । मोरङ र सुनसरीबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै पुरुष हुन् ।

विराटनगर महानगरपालिका–१६ दरैया चोकबाट लागुऔषध ब्राउन सुगरसहित आइतबार साँझ दुई जना पक्राउ परेका छन् । भारतको जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका सुनसरीको धरान उपमहानगरपालिका–९ का ३३ वर्षीय नरेश खडगी र ३५ वर्षीय कृष्णा राईलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा कृष्णा राईको साथबाट ४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

त्यस्तै, रंगेली नगरपालिका–५ ठाकुर टोलबाट १८ वर्षीय कृष्णकुमार पासवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले पैदल हिँडिरहेका उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथबाट लागुऔषध ब्राउन सुगर बरामद भएको थियो ।

पासवानको साथबाट डिजिटल तराजु र ९.३४ ग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार पक्राउ परेका पासवानमाथि इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान गरिरहेको छ ।

यसैबीच, धरान–८ फलामे पुलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले ३२ वर्षीय विमल राजधामीलाई शंका लागेर खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा राजधामीको साथबाट २ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×