वर्षाले मेलम्चीको पानी धमिलिएपछि काठमाडौंमा खानेपानी वितरण रोकियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार १२:३६

काठमाडौं । निरन्तर वर्षासँगै मेलम्ची खानेपानी आयोजनाको मुहान आसपासमा आएको बाढीका कारण काठमाडौं उपत्यकामा मेलम्चीबाट भइरहेको खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ ।

मेलम्ची आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो बनेपछि प्रशोधन गर्न कठिन भएको भन्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले शुक्रबारदेखि सुन्दरीजलस्थित प्रशोधन केन्द्रतर्फ पानीको प्रवाह रोकिएको जनाएको हो । केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानबाट आउने पानीको गुणस्तर बिग्रिएकाले तत्काल प्रशोधन गरी वितरण गर्न सम्भव नभएको हो ।

उनका अनुसार पानीको धमिलोपन कम भई गुणस्तर सामान्य अवस्थामा फर्किएपछि पुनः प्रशोधन प्रक्रिया सुरु गरिनेछ र पूर्वनिर्धारित वितरण तालिकाअनुसार उपत्यकामा खानेपानी आपूर्ति सञ्चालन गरिनेछ । प्रवक्ता चन्दले निरन्तर वर्षा भइरहे मुहानको अवस्था सामान्य हुन समय लाग्न सक्ने बताए ।

त्यसैले मेलम्चीको पानीमा निर्भर रहेका काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा केही समय खानेपानी आपूर्तिमा समस्या हुन सक्ने उनले जानकारी दिए । केयूकेएलले मौसममा सुधार र मुहानको पानीको गुणस्तर सामान्य भएपछि मात्रै आपूर्ति पुनः सञ्चालन गरिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
मन्त्रीकै क्षेत्रको बजेट काट्ने सहमतिसँगै कोशी प्रदेशको बजेट विवाद टुंगियो
अमेरिका र इजरायलबीच गम्भीर रणनीतिक मतभिन्नता
झापामा आगलागी, ४२ लाखको क्षति
वर्षाले मेलम्चीको पानी धमिलिएपछि काठमाडौंमा खानेपानी वितरण रोकियो
सुधनको ‘काउन्टडाउन’, अदालतको ‘ब्रेक’
स्विट्जरल्यान्डको प्रभावशाली प्रदर्शन, अल्जेरियालाई पाखा लगाउँदै अन्तिम १६ मा स्थान सुरक्षित
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्य बढ्यो 
बर्डफ्लु प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने 
बर्डफ्लु प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने 
सीमावर्ती क्षेत्रमा बढ्दो चुनौतीबीच मोरङमा सशस्त्र र सीमावासीबीच संवाद
इटहरीका व्यवसायीको साझा माग: ‘‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
इटहरीका व्यवसायीको साझा माग: ‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.