मोरङका मानबहादुर निर्वाचन आयोगमा सिफारिस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार १९:०६

काठमाडौं । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई निर्वाचन आयोगमा सिफारिस गरेको छ । कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तका रूपमा सिफारिस गर्ने निर्णय लिएको हो । यससँगै परिषद्ले पूर्वडीआईजी डा. राजीव सुब्बा र अवकाशप्राप्त सरकारी वकिल गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।

यसअघि प्रमुख निर्वाचन आयुक्तको पद रिक्त रहेपछि निर्वाचन आयोग कार्यवाहक नेतृत्वमा सञ्चालन हुँदै आएको थियो । संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइलगायत संवैधानिक प्रक्रिया पूरा भएमा कार्की प्रमुख निर्वाचन आयुक्त र सुब्बा तथा वाग्ले निर्वाचन आयुक्तका रूपमा नियुक्त हुनेछन् ।

निर्वाचन आयोग संविधानअनुसार स्वतन्त्र संवैधानिक निकाय हो । आयोगले संघीय, प्रदेश तथा स्थानीय तहका निर्वाचन सञ्चालन, मतदाता नामावली व्यवस्थापन, राजनीतिक दलको नियमन तथा निर्वाचनसम्बन्धी अन्य संवैधानिक जिम्मेवारी निर्वाह गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.