दुई डीआईजीको सरुवा, कार्य विभाग र अख्तियारमा जिम्मेवारी हेरफेर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २०, शनिबार ०९:०४

काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआईजी शुक्रबार सरुवा भएको छ । डीआईजीहरुको सरुवा गर्दै कार्य विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मेवारी हेरफेर गरिएको हो ।

डीआईजी अरुण पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौं सरुवा गरिएको छ । पौडेल नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल काठमाडौंमा कार्यरत थिए ।

अख्तियारमा कार्यरत डीआईजी शेखर खनाललाई भने कार्य विभागमा सरुवा गरिएको छ । दुवै अधिकृतको कार्यस्थल परस्पर हेरफेर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.