
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ चुली पोखरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजकुमार राई रहेको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ६ बजेतिर बाख्रा चराएर घर फर्किने क्रममा अचानक भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी आइतबार बिहान ६ः१० बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीकी प्रहरी निरीक्षक नवीन वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले मृतकको शवको कानुनी प्रक्रिया (सरजमिन मुचुल्का) पूरा गरी पोस्टमार्टमका लागि पठाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























