हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुग्यो नर्वे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार ०६:००

अमेरिका । एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा ऐतिहासिक स्थान बनाएको छ ।

चौथो पटक विश्वकप खेलिरहेको नर्वे पहिलो पटक अन्तिम आठमा पुगेको हो । ब्राजिल ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ । अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा सोमबार राति भएको खेलमा दुवै गोल हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा गरे ।

उनले ७९औं मिनेटमा आन्द्रेस सेलड्रुपको पासलाई सदुपयोग गर्दै पहिलो गोल गरे भने ९०औं मिनेटमा हेडमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित सुनिश्चित गरे । दुवै गोलका लागि सेलड्रुपले नै निर्णायक पास उपलब्ध गराएका थिए ।

ब्राजिलले इन्जुरी समयको नवौं मिनेटमा नेमारको पेनाल्टी गोलमार्फत अन्तर घटाए पनि हार टार्न सकेन । खेलको सुरुमै अग्रता लिने अवसर भने ब्राजिलले गुमाएको थियो । १४औं मिनेटमा ब्रुनो गिमारेसले प्रहार गरेको पेनाल्टी नर्वेका गोलकिपर ओर्यान न्याल्यान्डले सानदार बचाउ गरेका थिए । त्यससँगै ब्रुनो पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टी मिस गर्ने ब्राजिलका पहिलो खेलाडी बने ।

पूरै खेलमा नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै ६५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्यो । नर्वेले ९ प्रहारमध्ये ५ वटा लक्ष्यमा राख्दा ब्राजिलका १४ प्रहारमध्ये ४ वटा मात्र पोस्टतर्फ थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्ड्रिकले पनि उत्कृष्ट अवसर सदुपयोग गर्न नसक्दा ब्राजिल थप दबाबमा परेको थियो ।

यस जितसँगै नर्वेले ब्राजिलविरुद्धको अपराजित यात्रा पाँच खेलसम्म पुर्‍याएको छ । विश्व फुटबलमा ब्राजिलले अहिलेसम्म सामना गरेका विभिन्न राष्ट्रमध्ये नर्वेलाई मात्र हराउन नसकेको तथ्य पनि कायम रह्यो । अब नर्वेले क्वाटरफाइनलमा मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

हालान्डका लागि यो विश्वकप अझ विशेष बनेको छ । उनले ब्राजिलविरुद्ध दुई गोल थप्दै प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्‍याएका छन् । उनी फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको सूचीमा छन् । हालान्डले आफू खेलेका चारै खेलमा गोल गर्दै गोल्डेन बुटको दाबेदारी पनि बलियो बनाएका हुन् ।

यता २००२ यता विश्वकप उपाधिविहीन रहेको ब्राजिलको अर्को अभियान पनि निराशामै टुंगिएको छ । १९९० पछि पहिलो पटक अन्तिम १६ बाटै बाहिरिएको ब्राजिलले यस संस्करणमा अपेक्षित प्रदर्शन गर्न नसक्दा विश्व फुटबलकै सबैभन्दा ठूलो उलटफेरमध्येको नतिजा व्यहोरेको छ ।

तपाइको प्रतिक्रिया
एडीबी अध्यक्ष नेपालमा, प्रधानमन्त्रीले पनि भेट्ने
प्रदेशका मन्त्री र मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीकाे चेतावनी
  सुनको मूल्य घट्यो 
साताको दोस्रो पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा
पहिलो पटक विदेशी अधिकारीसँग भेट गर्दै प्रधानमन्त्री बालेन
कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद साउन ३ गतेसम्म बढायो
जापानमा नेपालीको बढ्दो मृत्यु : १० महिनामा ७२ जनाले ज्यान गुमाए
कोशी अस्पताल र बीपी प्रतिष्ठानको जग्गा खाली गराउन सरकार आक्रामक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.