कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद साउन ३ गतेसम्म बढायो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार ०७:५०

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक (नवीकरण) गर्ने समय पुनः थप गर्दै आगामी साउन ३ गतेसम्म कायम गरेको छ । यसअघि असार २० गतेसम्म तोकिएको समयावधि वर्षायामका कारण आवश्यक प्रक्रिया पूरा गर्न कठिनाइ भएको भन्दै बढाइएको हो ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर सानेपामा महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले समय थप गर्ने निर्णय गरेको हो । निर्णयअनुसार नवीकरण गर्न छुट भएका सदस्य तथा नयाँ क्रियाशील सदस्यहरूको विवरण अनलाइन प्रणालीमार्फत पार्टीको केन्द्रीय सदस्यता प्रणालीमा प्रविष्ट गर्न साउन ३ गतेसम्मको अवसर दिइएको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वडा र क्षेत्रीय तहमा सदस्यतासम्बन्धी प्रक्रिया अझै पूरा हुन बाँकी रहेकाले नयाँ सदस्यता विस्तारलाई प्रभावकारी बनाउन पर्याप्त सूचना प्रवाह जारी रहेकाले तथा विभिन्न जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको हो ।

कांग्रेसले सदस्यता अध्यावधिक तथा वितरणका क्रममा कुनै समस्या वा गुनासो देखिएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिमार्फत सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्न सकिने व्यवस्था पनि गरेको छ । प्राप्त सिफारिसका आधारमा समितिले आवश्यक निर्णय गरी सदस्यता अध्यावधिकको प्रक्रिया सहज बनाउने जनाएको छ ।

तपाइको प्रतिक्रिया
एडीबी अध्यक्ष नेपालमा, प्रधानमन्त्रीले पनि भेट्ने
प्रदेशका मन्त्री र मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीकाे चेतावनी
  सुनको मूल्य घट्यो 
साताको दोस्रो पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा
पहिलो पटक विदेशी अधिकारीसँग भेट गर्दै प्रधानमन्त्री बालेन
कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद साउन ३ गतेसम्म बढायो
जापानमा नेपालीको बढ्दो मृत्यु : १० महिनामा ७२ जनाले ज्यान गुमाए
कोशी अस्पताल र बीपी प्रतिष्ठानको जग्गा खाली गराउन सरकार आक्रामक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.