एडीबी अध्यक्ष नेपालमा, प्रधानमन्त्रीले पनि भेट्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १२:०९

काठमाडौं । एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा नेपाल आएका छन् । दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् ।  उनलाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

सोमबार र मंगलबार नेपालमा रहने अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । प्रधानमन्त्री शाहसँग उनले मंगलबार भेटघाट गर्नेछन् ।

शाह प्रधानमन्त्री भएपछि पहिलोपटक विदेशी पाहुनासँग औपचारिक भेट गर्न लागेका हुन् । संसारकै ठूलो बहुपक्षीय बैंक एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुख सरहको मर्यादा दिने गरिन्छ । गत महिना एडिबी अध्यक्ष बंगलादेश भ्रमणमा जाँदा त्यहाँका अर्थमन्त्रीले विमानस्थलमा स्वागत गरेका थिए ।

एडीबी अध्यक्ष कान्डासँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत उच्चपदस्थ सरकारी अधिकारीसँग पनि भेटघाट गर्नेछन् । अर्थमन्त्री वाग्लेले काण्डासँग सोमबार दिउँसो ३ बजे भेट गर्ने छन् । उनले नेपालमा रहँदा एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण पनि गर्ने कार्यक्रम छ ।

नेपाल निर्णायक घडीमा रहेको बेला काठमाडौं आइपुगेको अध्यक्ष काण्डाले बताएका छन् । सोमबार विहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपालले पटक पटक दोहोरिइरहेका धक्काहरु र ठूलो परिवर्तनका बेलामा असाधारण उत्थानशीलता देखाएको छ । ३ अर्ब ९० करोड सक्रिय लगानी रहेको नेपालकै सबैभन्दा ठूलो विकास साझेदारको रूपमा हामीले यो उत्थानशीलतालाई दीर्घकालीन प्रगतिको रूपमा परिणत गर्न, थप अवसरहरु सृजना गर्न तथा दीर्घकालीन आर्थिक वृद्धिका आधार तयार गर्न नेपाललाई सहयोग गर्नेछौं ।’

तपाइको प्रतिक्रिया
धरान औद्योगिक क्षेत्रमा ५ उद्योगको लिज खारेज, ३५ करोडको नयाँ लगानी
एडीबी अध्यक्ष नेपालमा, प्रधानमन्त्रीले पनि भेट्ने
प्रदेशका मन्त्री र मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीकाे चेतावनी
  सुनको मूल्य घट्यो 
साताको दोस्रो पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा
पहिलो पटक विदेशी अधिकारीसँग भेट गर्दै प्रधानमन्त्री बालेन
कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद साउन ३ गतेसम्म बढायो
जापानमा नेपालीको बढ्दो मृत्यु : १० महिनामा ७२ जनाले ज्यान गुमाए
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.