मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार ०९:०४

काठमाडौं । विश्वकप फुटबलको सहआयाेजक मेक्सिकोलाई ३-२ गाेल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको छ ।

रोमाञ्चक खेलमा इंग्ल्यान्डले दबाबबीच जित निकालेकाे हाे ।

Advertisement

इंग्ल्यान्डको जितमा जुड बेलिङ्घमले २ गोल गर्दा अर्को एक गोल कप्तान ह्यारी केनले गरेका थिए।

दोस्रो हाफमा १० खेलाडीमा समेटिएको इंग्ल्यान्डविरुद्ध अन्तिम समयमा मेक्सिकोले एकतर्फी आक्रमण गरेपनि टिमले बराबरी गोल गर्न असफल भयो ।

जितसँगै इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि नर्वेसँग प्रतिस्पर्धा गर्ने छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×