एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १०:५६
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 

काठमाडौं । पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा प्रहरीले १०२ किलो ६३६ ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री सडक हुँदै भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कार रोकेर खानतलासी गर्दा गाँजा बरामद भएको हो ।

भारतको बिहार राज्य, बेतिया नवलपुरका ३२ वर्षीय गुड्डु बर्माले चलाएको बीआर ०१ सीयू ३५४४ नम्बरको रातो रङको कारबाट १० वटा प्याकेटमा लुकाएर राखिएको १०२ किलो ६३६ ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
धरान औद्योगिक क्षेत्रमा ५ उद्योगको लिज खारेज, ३५ करोडको नयाँ लगानी
एडीबी अध्यक्ष नेपालमा, प्रधानमन्त्रीले पनि भेट्ने
प्रदेशका मन्त्री र मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीकाे चेतावनी
  सुनको मूल्य घट्यो 
साताको दोस्रो पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा
पहिलो पटक विदेशी अधिकारीसँग भेट गर्दै प्रधानमन्त्री बालेन
कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद साउन ३ गतेसम्म बढायो
जापानमा नेपालीको बढ्दो मृत्यु : १० महिनामा ७२ जनाले ज्यान गुमाए
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.