सांसदलाई रास्वपाले भन्याे : बाेल्नुअघि ‘नाेट’ देखाउनु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार १८:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना  सांसदहरूलाई  बाेल्ने विषयमा लगाम लगाएकाे छ । संसदमा बोल्नुअघि संसदीय दलका सचेतकहरूलाई आफ्नो विषयवस्तुबारे जानकारी गराउन निर्देशन दिएको हाे ।

संसदीय दलका सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले सांसदहरूलाई म्यासेज पठाउँदै सांसदहरूलाई संसद्‌मा बोल्नुभन्दा एक दिन अघि नै विषयबस्तु पठाउन भनेका हुन् ।

शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने सामग्री (स्पिच नोट) अनिवार्य रुपमा पठाउन भनिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.