
विर्तामोड । झापाकाे विर्तामोडमा आज उपसभामुख सम्मेलन हुँदैछ ।
प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका उपसभामुख तथा उपाध्यक्षहरूको संवैधानिक भूमिकालाई थप प्रभावकारी, जिम्मेवार र ओझपूर्ण बनाउने उद्देश्यका साथ दुई दिने सम्मेलन आयोजना गरिएको हाे ।
कोशी प्रदेशसभाको आयोजनामा हुन लागेको यस सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले बताइन् ।
सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् ।

























