मोरङबाट जुवा मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार ११:११
सांकेतिक फोटो ।

विराटनगर । मोरङबाट जुवा मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रशासन मोरङले एउटै मितिमा समान जरिबानाको फैसला गरेका प्रतिवादीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कटहरी गाउँपालिका–१ का मोहनलाल राजवंशी, सुन्दरहरैँचा नगरपालिका–५ का इन्द्रप्रसाद आचार्य, सुनसरीको इटहरी उपमहानगरपालिका–९ का जयकिशोर साह र भोजपुरको हतुवागढी गाउँपालिका–३ का हेमन्त राईलाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङले गत जेठ २८ गते जनही १५ हजार रूपैयाँ जरिबानाको फैसला सुनाएको थियो ।

पक्राउ परेकाहरुलाई प्रहरीले बिहीबार प्रशासन कार्यालयमा बुझाउने छ । प्रशासनले जरिबानाबापतको रकम असुलेर उनीहरुलाई छाड्ने छ । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले फरार प्रतिवादी पक्राउलाई प्राथमितामा राखेर प्रहरीले काम गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया
सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
सत्य बोल्ने प्रहरी अधिकृतमाथि नै कारबाहीको डण्डा ?
सहकारी बचतकर्ताको पीडा कम हुँदै, तीन महिनामा साढे ४ करोड फिर्ता
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
बालमन्दिर जग्गा प्रकरण : तीन पूर्वपदाधिकारी पक्राउ
संविधान संशोधन कार्यदलबाट धमाधम दलहरुको बहिर्गमन
कांग्रेसका संसदीय पदाधिकारी सर्वोच्चमा, प्रतिनिधिसभा नियमावलीका प्रावधानविरुद्ध रिट
सभामुखको आग्रहपछि पनि संसदमा जारी रह्यो विपक्षीको विरोध
सिलाई–कटाई तालिम सम्पन्न, थप उन्नत प्रशिक्षण र मेसिनको माग
लुम्बिनीको रंगेली शाखाले मनायो १९औँ वार्षिकोत्सव
माइखोलामा सडक भासिँदा पूर्वी पहाड–तराई सम्पर्क विच्छेद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.