माइखोलामा सडक भासिँदा पूर्वी पहाड–तराई सम्पर्क विच्छेद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार १२:३६

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को माइखोला (राजदुवाली) क्षेत्रमा सडकको ठूलो भाग भासिएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा तथा तराईसँग जोड्ने मुख्य मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

निरन्तरको वर्षा, कमजोर भू–बनोट तथा जमिनभित्रको अस्थिरताका कारण सडक बगेपछि बिहीबार बिहानदेखि यातायात सेवा ठप्प बनेको हो । राजमार्ग बन्द भएसँगै यात्रुवाहक र मालवाहक सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् । आकस्मिक उपचारका लागि तराई लैजानुपर्ने बिरामीलाई स्ट्रेचरमा बोकेर जोखिमपूर्ण बाटो पार गराउनुपर्ने अवस्था सिर्जना भएको छ । सयौँ यात्रु हिलो र पहिरोयुक्त मार्ग पैदल पार गर्न बाध्य भएका छन् ।

माइखोलामा सडक भासिँदा पूर्वी पहाड–तराई सम्पर्क विच्छेद भएको हो । किसानदेखि बिरामी र पैदलयात्रीसम्मले सास्ती खेप्नु परिरहेको छ । दूध, तरकारीलगायत छिट्टै बिग्रिने कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा किसान तथा व्यवसायीले आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ । वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न खोजिएको मेची करिडोर सडक पनि पुवाखोलामा पुलको अभाव र हिलोका कारण प्रभावकारी हुन सकेको छैन ।

स्थानीय प्रशासन र प्रहरीको समन्वयमा सिमल गोलाई–तिल्किने सडकखण्डबाट साना सवारी साधनलाई सीमित रूपमा सञ्चालन गरिए पनि ठूला बस तथा ट्रकको आवागमन पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन कार्यालय इलामले स्काभेटर र जनशक्ति परिचालन गरेर सडक खुलाउने प्रयास गरिरहेको छ । तर, सडकको ठूलो भाग खोलातर्फ खसेकाले ग्याबियन पर्खालसहित नयाँ ट्र्याक निर्माण नगरी दीर्घकालीन समाधान सम्भव नदेखिएको कार्यालयको भनाइ छ ।

तपाइको प्रतिक्रिया
सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
सत्य बोल्ने प्रहरी अधिकृतमाथि नै कारबाहीको डण्डा ?
सहकारी बचतकर्ताको पीडा कम हुँदै, तीन महिनामा साढे ४ करोड फिर्ता
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
बालमन्दिर जग्गा प्रकरण : तीन पूर्वपदाधिकारी पक्राउ
संविधान संशोधन कार्यदलबाट धमाधम दलहरुको बहिर्गमन
कांग्रेसका संसदीय पदाधिकारी सर्वोच्चमा, प्रतिनिधिसभा नियमावलीका प्रावधानविरुद्ध रिट
सभामुखको आग्रहपछि पनि संसदमा जारी रह्यो विपक्षीको विरोध
सिलाई–कटाई तालिम सम्पन्न, थप उन्नत प्रशिक्षण र मेसिनको माग
लुम्बिनीको रंगेली शाखाले मनायो १९औँ वार्षिकोत्सव
माइखोलामा सडक भासिँदा पूर्वी पहाड–तराई सम्पर्क विच्छेद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.