
काठमाडौं । प्रहरीले माेटरसाइकलमा लक लगाइदिएपछि त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै मुगुवासीले काठमाडौंमा प्रदर्शन गरेका छन् । गणेशले राहदानी विभाग अगाडि आफैलाई आगाे लगाएका थिए । उनको अवस्था गम्भीर छ ।
राज्यको व्यवहारको विराेध जर्दै बिहीबार साँझ माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले ‘बेरोजगार युवालाई ट्राफिक आतंक बन्द गर, बेरोजगार युवालाई मर्न बाध्य बनाउने बालेन सरकार मुर्दावाद, बेरोजगार युवालाई निराशा र पीडामा धकेल्ने नीति र व्यवहारको अन्त्य गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
मुगुको सोरु गाउँपालिका– १ का २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। प्रहरीका अनुसार नगर प्रहरीले उनको पार्किङ गरेको मोटरसाइकलमा ह्वीललक लगाएपछि उनले आत्मदाह प्रयास गरेका हुन्।
वीर अस्पतालमा उनको उपचारका संलग्न चिकित्सकका अनुसार नेपालीको अवस्था गम्भीर छ।

























