विराटनगरमा दुर्घटना, आठ जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार ०७:३२

विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ कञ्चनबारीमा बिहीबार साँझ दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

एउटा म्याजिक भ्यानले सडकमा रोकेर राखिएको अर्को म्याजिक भ्यानलाई साँझ ५ः४० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । कञ्चनबारीस्थित सडकको साइडमा रोकेर राखिएको मे १ ज २९२७ नम्बरको म्याजिकलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ज ३६२२ नम्बरको म्याजिकले ठक्कर दिएको हो ।

दुर्घटनामा परेर ३६२२ नम्बरको म्याजिकका चाकल र त्यसमा सवार रहेका यात्रुहरु घाइते भएका छन् । दुर्घटनामा म्याजिक चालक खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–३ घर भएका इशान कार्की, म्याजिकमा सवार मोरङको कटहरी गाउँपालिका–२ की २७ वर्षीया कुडिया खातुन, विराटनगर महानगरपालिका–१२ की ४० वर्षीया विभा शर्मा, ४५ वर्षीया गीता ठाकुर, २३ वर्षीय मुरारी ठाकुर, १५ वर्षीय रोहन ठाकुर, १९ वर्षीया भूमिका ठाकुर र विराटनगर–१५ का ३६ वर्षीय सत्यनारायण साह घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको विराटनगरकै नोबेल अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दुवै म्याजिक र २९२७ नम्बरको म्याजिकका चालक मोरङको रंगेली नगरपालिका–३ का ४८ वर्षीय लाकानन्द यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । २९२७ नम्बरको म्याजिकका चालकको लापरबाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.