दमकमा साथीको चक्कु प्रहारबाट एक जनाको मृत्यु

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार ११:१३

विराटनगर । झापाको दमकमा आफ्नै साथीको चक्कु प्रहारबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।

भारतको लखनउ घर भई दमक नगरपालिका–२ हिमाल माध्यमिक विद्यालय नजिक डेरा गरेर बस्ने अन्दाजी ३६ वर्षीय साहिल कान्तको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि आफ्नै साथी मोहमद सोनु भनिने सहवाज हुसेनले बियरको बोतल र चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुवै जनाले रातभर मदिरा (बियर) सेवन गरेको र बिहानतिर झगडा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको । ‘रातभर एउटै ठाउँमा बसेर बियर सेवन गरेछन् । नशाले लट्ठ हुँदै गएपछि दुवै जनाबीच झगड परेछ । त्यस क्रममा एकले अर्कोलाई चक्कु र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो । प्रहरीका अनुसार भारतीय नागरिक रहेका दुवै जना एकअर्कामा मिल्ने साथी हुन् ।

चक्कु प्रहारबाट साहिलको घाँटीमा गहिरो चोट लागेको थियो । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उद्धार गरेर उनलाई उपचारका लागि दमक अस्पताल लगेको थियो ।

उपचारकै क्रममा बिहीबार बिहान ६ः३० बजेतिर साहिलको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीको हत्यामा संलग्न सहवाज फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकले घटनाको थप अनुसन्धान गरिरहेको छ । भारतीय नागरिक उनीहरु दमकमा बसेर डेरीमा काम गर्ने गरेको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको टिप्पणी : पदीय मर्यादामाथि प्रश्न
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×