सञ्चार सहकारीकाे स्थापना दिवसमा चार जना पुरस्कृत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १२:०९

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले १५ औँ स्थापना दिवसको अवसरमा विराटनगरका चार जना पत्रकारहरूलाई पुरस्कृत गरेकाे छ । स्थापना दिवसको अवसरमा शनिबार चार जना पत्रकारलाई पुरस्कृत गरेकाे हाे ।

सहकारीले ‘तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान’ नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष शिवबहादुर कार्कीलाई प्रदान गरेकाे हाे । उक्त सम्मानको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

५० हजार रुपैयाँ राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’ पत्रकार अर्जुन आचार्यलाई प्रदान गरिएको छ ।

श्रमजीवी पत्रकारहरूको प्रोत्साहनका लागि स्थापित २१ हजार रुपैयाँ राशिको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पदम सरदारलाई प्रदान  गरिएको छ ।

१० हजार रुपैयाँ राशिको ‘दमीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ रस्मिता उदासलाई प्रदान गरिएकाे छ । चारवटै पुरस्कार काेेशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले प्रदान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.