आजबाट सञ्चालनमा आयो विराटनगरकाे भाटभटेनी सुपरमार्केट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १३:३५

विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गतेको आगजनीबाट ध्वस्त भएको विराटनगरको भाटभटेनी सुपरमार्केट आजबाट सञ्चालनमा आएको छ ।

दश महिना लगाएर पुननिर्माणपछि शनिबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

सुपरमार्केट सञ्चालनका लागि तीन सिफ्टमा काम भएको थियो । विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाटभटेनी पुनः सञ्चालनमा आएपछि उपभोक्ताको भिड लागेको छ ।

सुपरमार्केट खुलेसँगै विराटनगरको व्यापारिक गतिविधिलाई थप चलायमान बनाउने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.