कोशी अस्पतालको जग्गामा ‘डोजर’काे त्रास : धमाधम खाली गरिँदै भाडाका सटर (भिडियाे)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १५:०७

विराटनगर । कोशी अस्पताल विराटनगरको स्वामित्वमा रहेको जग्गामा अन्य संस्थाले बनाएका संरचना हटाउन सोमबार डोजर चल्ने चेतावनीपछि व्यवसायीहरूले धमाधम सटर खाली गर्न थालेका छन् । अस्पताल प्रशासनले सात दिने अल्टिमेटम दिएर संरचना भत्काउने चेतावनी दिएपछि शनिबारदेखि नै सटरहरू खाली गर्न थालेका हुन् ।

विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको बहुमूल्य जग्गामा  नेपाल रेडक्रस सोसाइटी(ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन् । ती संस्थाले ३० भन्दा बढी सटर बनाएर तेस्रो पक्षलाई भाडामा लगाएका थिए । अस्पतालले आफ्नो गुरुयोजना अनुसार काम अघि बढाउन ती संरचना खाली गर्न ताकेता गर्दै आएको थियो ।

Advertisement

अस्पतालको जग्गा मिचेर बनाइएका संरचना खाली गर्न गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमन गर्दै निर्देशन दिएका थिए । मन्त्रीद्वयको निर्देशन लगत्तै अस्पताल प्रशासनले सात दिनभित्र संरचना खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनाको समयसीमा सोमबार सकिँदैछ ।

अस्पतालको अभिलेख अनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गा वर्षौंदेखि प्रयोग गर्दै आएको छ । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीले करिब दुई कट्ठा जग्गामा संरचना बनाएर भाडामा लगाएको छ । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडामा सटरहरू निर्माण गरी व्यावसायिक सञ्चालन गरिरहेका थिए ।

अस्पतालले ती सबै संरचना हटाएर आफ्नै प्रयोजनका लागि जग्गा उपयोग गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.