जथाभावी एन्टिबायोटिक प्रयोगले स्वास्थ्य जोखिम : मन्त्री पराजुली

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार १७:२६

विराटनगर । कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले चेतनाको कमी, अव्यवस्थित जीवनशैली र एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती थपिएको बताएका छन्।

प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको ‘स्वास्थ्य प्रतिजैविक प्रतिरोध न्यूनीकरण’ विषयक अन्तरमन्त्रालय तथा सरोकारवालाको गोष्ठी उद्घाटन गर्दै उनले सामान्य ज्वरो र रुघाखोकी लाग्दा पनि एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्तिले स्वास्थ्य जोखिम बढाएको बताए ।

उनले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गर्दै यसको दीर्घकालीन असरबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिए । औषधि पसलको अनुगमन र नियमनका लागि स्पष्ट मापदण्ड तथा कानुन आवश्यक रहेको पनि उनले बताए ।

स्वास्थ्य सचिव डा. कीर्तिपाल सुवेदीले एन्टिबायोटिकको अनियन्त्रित प्रयोग घटाउन र अस्पतालभित्र हुने सङ्क्रमण नियन्त्रण गर्न नियमन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

गोष्ठीमा सहभागी विज्ञ तथा सरोकारवालाले स्थानीयस्तरमै एन्टिबायोटिकको उचित प्रयोगबारे सचेतना फैलाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

तपाइको प्रतिक्रिया
विराट एक्स्पो अब व्यापारिक प्रदर्शनीमा मात्र सीमित नरहने
जथाभावी एन्टिबायोटिक प्रयोगले स्वास्थ्य जोखिम : मन्त्री पराजुली
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स अवधि लागू
नेप्से परिसूचक १५ अङ्कले बढ्यो, पाँच अर्ब ५५ करोडको कारोबार
चीनका सरकारी अधिकारीलाई जासुसीको आरोपमा मृत्युदण्ड
स्विस सहयोगका परियोजनालाई निरन्तरता दिने राजदूतको प्रतिबद्धता
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
राजनीति सत्ताकेन्द्रित हुँदा जनअपेक्षाअनुसार काम भएन: थापा
लामो समयदेखि बन्द धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालन अनिश्चित
ठेक्का रद्द गर्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित : सांसद महेन्द्रबहादुर शाही
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.