
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १५ दशमलव ३९ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ९५ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८६ अङ्कले बढेर ४८२ दशमलव ३९ बिन्दुमा पुगेको छ । फ्लोट सूचक एक दशमलव २५ अङ्कले बढेर १८३ दशमलव ८९ र सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५३ अङ्कले बढेर १६३ दशमलव ९५ बिन्दुमा पुगेको छ।
आज विभिन्न कम्पनीका एक करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर पाँच अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा रहेका १३ उपसमूहमध्ये ११ को सूचक बढ्यो भने दुईको घट्यो। आज १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
नेप्सेका अनुसार एभरेष्ट कलर, माउन्टेन हाइड्रोपावर र सिटी होटलका लगानीकर्ताले कमाएका छन् । मानुषी लघुवित्त, मेन्छियाम हाइड्रोपावर र ओममेगा श्रीका लगानीकर्ताले भने गुमाएका छन् ।



















