बेलबारीमा २५ पिन्ट रगत संकलन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १८:३५

बेलबारी । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा बेलबारी लायन्स क्लबले आयोजना गरेकाे बृहत् रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ । शनिबार आयाेजित कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको हाे ।

बेलबारी लायन्स क्लबका अध्यक्ष रुपेश श्रेष्ठका अनुसार कार्यक्रममा स्थानीय युवा, बुद्धिजीवी तथा समाजसेवीहरूको उत्साहजनक सहभागिता थियाे ।

​ लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले ‘रक्तदान नै जीवनदान’ भएको उल्लेख गर्दै लायन्स क्लबले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। उनले यस्ता मानवीय कार्यमा युवाहरूको सहभागिता उदाहरणीय रहेकाे बताए ।

​गर्मीको समय र रगतको सम्भावित अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अध्यक्ष श्रेष्ठले बताए ।

लायन्स क्लबले आगामी दिनहरूमा पनि यस्तै किसिमका रचनात्मक र जनहितैषी सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.