दुई जना जेनजी अभियन्ता छुटे, माजिद अस्पताल भर्ना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार २२:५८

काठमाडौं । कीर्तिपुरको सुन्दरीघाटस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि  सुकुम्बासीको अवस्था बुझ्न जाँदा पक्राउ परेका तीन जना जेनजी अभियन्ताहरूमध्ये दुई जना छुटेका छन् ।

प्रहरीको कुटपिटबाट घाइते भएका अभियन्ता माजिद अन्सारीलाई उपचारका लागि टिचिङ अस्पताल लगिएको छ ।

गएरातिको वर्षासँगै बागमतीमा आएको बाढी राधास्वामी सत्संग केन्द्रको होल्डिङ सेन्टरमा पसेपछि त्यहाँका सुकुम्बासी विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन् । उनीहरूको अवस्था बुझ्न अभियन्ताहरू अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्का पुगेका थिए । उनीहरूलाई प्रहरीले लछारपछार गरी नियन्त्रणमा लिएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.