
जनकपुर । जनकपुरबाट मिटरब्याज पीडितहरूले सुरु गरेको ‘पैदल न्याय मार्च’ चौथो दिनमा प्रवेश गरेको छ । जनकपुरबाट असार २५ गतेदेखि सुरु भएको यो यात्रा आज चौथो दिन सर्लाहीको लालबन्दीबाट काठमाडौँतर्फ अघि बढेको हो ।
राज्यलाई ब्युँझाउन र आफ्ना जायज हकअधिकार स्थापना गर्नका लागि यो पैदल यात्रा सुरु गरिएको आयोजकहरूले जनाएका छन् ।
न्यायको खोजीमा निस्किएका सयौँको सङ्ख्यामा रहेका पीडितले दैनिक २० देखि २६ किलोमिटरसम्म पैदल यात्रा गरिरहेका छन् । आफ्ना मागहरू पूरा नभएसम्म र काठमाडौँ नपुगेसम्म यो यात्रा कतै पनि नरोकिने आयोजकहरूले बताएका छन् । यो पैदल टोली करिब एक साताभित्र सङ्घीय राजधानी काठमाडौँ आइपुग्ने अनुमान गरिएको छ ।



















