विमानस्थलमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले घर पुर्याएर छाड्याे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार १४:५९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले घर पुर्‍याएर छाडेकाे छ । विमानस्थलमा पत्रकार सम्मलेन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेपछि नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको हो ।

उनले गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै सम्बोधन गर्न खाेजेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.